26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

धनगढीको साथी होटलमा रहेको क्यासिनोमा प्रहरीको छापा, साढे १० लाख भारतीय रुपैया सहित व्यवस्थापक पक्राउ

धनगढी, २३ बैसाख ।
धनगढीको साथी होटलमा रहेको क्यासिनोमा प्रहरीले छापा हानेको छ । मुद्रा अफचलन गरेको पाईएपछि त्यहाँबाट साढे १० लाख बढी भारतिय रुपैया जफत गरिएको छ ।

धनगढीको साथी होटेलमा रहेको क्यासिनोमा प्रहरीले छापा मारेको छ । नेपालमा प्रतिवन्धित पाँच सय र दुई हजारका भारतीय रुपैयाको अवैध रुपमा कारोवार गरेको भन्दै प्रहरीले त्यहाँ छापा हानेको हो ।

जिल्ला प्रहरी कार्र्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वीरवहादुर वुढामगरको नेतृत्वमा गएको प्रहरीको टोलीले साथी होटेलमा रहेको किङग्स लाउण्ड क्यासिनोमा छापा मार्दै त्यहाँबाट साढे दश लाख भारतीय रुपैयाँ सहित व्यवस्थापकलाई पक्राउ गरेको छ ।

नेपालमा प्रतिवन्धित पाँच सय र दुई हजार दरका भारतीय नोट जफत गरिएको प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । अवैध रुपमा प्रतिवन्धित भारतीय नोटहरुको कारोवार गर्दै जुवातास खेलाईरहेको पाईएपछि क्यासिनोका म्यानेजर सुजन दाहाललाई पनि पक्राउ गरिएको उनले बताए ।

नेपाल राष्ट्र वैंकले नेपालमा पाँच सय र दुई हजारका भारतीय रुपैयाँ प्रतिवन्ध गरेकोले कुनै पनि स्थानमा त्यसको कारोवार गर्न पाईदैन । तर क्यासिनोमा भारतीय वाहेक नेपालीलाई प्रवेश निशेष गरिएकोले त्यहाँ अवैध रकमको कारोवार भएको प्रहरीले फेला पारेको छ ।

आईतवार भारतमा विदा हुने भएकोले ठुलो संख्यामा सिमावर्ती बजारबाट भारतीयहरु नेपालमा क्यासिनो खेल्न आउने गरेका छन । यहि मौका छोपेर प्रहरीले छापा हानेको हो ।

क्यासिनोले मुद्राको अफचलन गरेकोले सो अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक घिमिरेले बताए ।

जफत गरिएको भारतीय प्रतिवन्धित रकम सहित क्यासिनोका म्यानेजरलाई आन्तरिक राजश्व कार्यालय कैलालीमा वुझाईने प्रहरीले जनाएको छ ।

नेपाल राष्ट्र वैंकका अनुसार प्रतिवन्धित मुद्राको कारोवार गर्नुको अर्थ कागज वरावरको मुद्रालाई खरिद विक्री गरेको जस्तै हो ।

क्यासिनोले भारतीयलाई जुवातास खेलाउन नाममा विभिन्न अवैध कारोवार गर्दै आएको आरोप पनि लाग्दै आएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles