33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

धनगढीको चटकपुरमा भेटिएको बम निष्क्रिय

धनगढी बैशाख २२।

धनगढीको चटकपुरमा शंकास्पद वस्तु फेला परेको छ । होटेल हटपट अगाडीको सडकमा शंकास्पद वस्तु फेला परेको हो ।

विप्लव माओवादीले आज वन्द आव्हान गरेकोमा जनजीवन त्रसित पार्नका लागि यसो गरिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ । सडकको पुर्वी तर्फ रहेको पोलमुनि स्टीलको डिव्वालाई प्याकिङ गरेर राखिएको छ भने त्यसको वरिपरी तारहरु छरिएका छन ।

सो आसापसको क्षेत्रलाई प्रहरीले घेरा हालेको छ । शंकास्पद वस्तु देखिएपछि वम डिष्पोजन टोलीलाई खवर गरिएको छ ।

धनगढीको चटकपुरमा राखिएको बक निष्क्रिय पारिएको छ । दक्षिणकाली मार्ग छेउको पोल मुनि राखिएको बमलाई नेपाली सेनाको बमक डिष्पोजल टोलीले निष्क्रिय पारेको हो । वोँराडाडी व्यारेकवाट आएको डिष्पोजन टोलीले दूध राख्ने स्टीलको डिव्वामा प्लास्टिकले बेरेर तार बाहिर निकालिएको अवस्थामा राखिएको बम फेला परेको थियो ।

प्रहरीले खवर गरेपछि आएको सेनाको टोलीले निष्क्रिय वनाएको हो । आज वन्द आह्वान गरेको विप्लन निकटको माओवादीले बम राखेको आशंका प्रहरीको छ । शुक्रवार एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको थियो । बम निष्क्रिय पार्ने क्रममा धनगढी–अत्तरीया रोडमा आवतजावत समेत वन्द गरिएको थियो ।
वोँराडाडी व्यारेकवाट आएको डिष्पोजन टोलीले दूध राख्ने स्टीलको डिव्वामा प्लास्टिकले बेरेर तार बाहिर निकालिएको अवस्थामा राखिएको बम फेला परेको थियो ।

प्रहरीले खवर गरेपछि आएको सेनाको टोलीले निष्क्रिय वनाएको हो । आज वन्द आह्वान गरेको विप्लन निकटको माओवादीले बम राखेको आशंका प्रहरीको छ । शुक्रवार एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको थियो । बम निष्क्रिय पार्ने क्रममा धनगढी–अत्तरीया रोडमा आवतजावत समेत वन्द गरिएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles