बझाङमा पहिरोले जिप बगायो

द्वारा : सुदुर न्युज

बझाङ, बैशाख २०

जयपृथ्वी राजमार्ग अन्तरगत बझाङको सुवेडा खोला नजिक पहिरो खस्दा एउटा जिप बगाएको छ ।

सुवेडा खोलानजिकै बुधबार राति खसेको पहिरोले जिप बगाएको हो । बिहान स्थानीय बासिन्दाले जीप बगाएको देखेर प्रहरीलाई खबर गरेका थिए।

अहिले प्रहरी, स्थानीयबासिन्दा घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

जीपमा कतिजना थिए भन्ने खुलेको छैन ।

यसबारेमा थप जानकारी आउँन बाँकी छ । अहिले त्यो सडकखण्डमा गाडी चलेका छैनन् ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com