27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

महाकालीका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाईल बितरण

बैतडी,१९ वैशाख

बैतडीको पञ्चेश्वर गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आज मोबाईल बितरण गरिएको छ । पञ्चेश्वर गाउँपालिकाको वडा नं २ महाकाली स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आज मोबाईल बितरण गरिएको हो ।

मातृ तथा बालस्वास्थ्य समन्वयका लागि मोबाइल प्रविधि अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाइल प्रदान गरिएको जनाएको छ ।

मेडिक मोबाइलको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाइल वितरण गरिएको पञ्चेश्वर गाउँपालिका वडा नं २ का अध्यक्ष दशरथ मंगोलाले जानकारी दिनुभयो ।

मोबाइल प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो सेवा क्षेत्रमा भएका गर्भवती महिलाहरुको नाम मोबाइलमा दर्ता गर्ने र उनीहरुलाई गर्भवती महिलाहरुको गर्भजाँचको समयमा एसएमएस आउने जनाएको छ।

जिल्लाभरीका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाइल वितरण कार्य जारी रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

मोबाइल पाएपछि गर्भवती महिलाहरुलाई स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा पुर्याउन सजिलो हुने विश्वास गरिएको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य सह संयोजक मोहन सिंह भाटले जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles