41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

बैतडी औलोको जोखिममा, २९ जना बिरामी फेला

बैतडी,१८ वैशाख-
प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ । पछिल्लो तीन बर्ष यता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो ।
जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलोका बिरामी फेला परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो“ विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीहरुको रगत जाँच गर्दा औलो फेला परेको हो” चालु आर्थिक बर्ष ती क्षेत्रमा अहिले सम्म २९ जना औलोका बिरामी फेला परीसकेका छन् ।

गर्मीको समयमा औलोका बिरामी बढ्ने भएकाले यो संख्या अझै बढ्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहाडी क्षेत्रमा लामखुट्टेको वृद्धि भएसंगै औलोका बिरामीहरु पनि देखिन थालेका छन् ।
तल्लोस्वराड क्षेत्रमा औलो देखिएपछि गर्भवती महिलाहरुलाई निशुल्क रुपमा झुल वितरण गर्ने काम भईरहेको हेल्थ असिष्टेन्ट पाण्डेयले जानकारी दिनुभयो ।

औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ । यसका लागि झुलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुपर्नेमा स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles