32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

ग्रामिणक्षेत्रका छोरी बुहारी कम्प्युटरको पहुँचमा

बैतडी,१८ वैशाख-
बैतडीको ग्रामिणक्षेत्रका छोरी बुहारीलाई पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरी बुहारीलाई पनि कम्प्युटरको पहुँचमा पुर्याउनका लागी वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीमा कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत १ महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो । युवा महिलाका लागी आधारभुत कम्प्युटर शिक्षा भन्ने मूल नारासहित चैत २० गतदेखि कक्षा सञ्चालनमा रहेको वातावरण संरक्षण तथा सामाजिक विकास संघका अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकका गरी २३ महिलाको सहभागीता रहेको उहाँले बताउनुभयो । नेपाल सरकार महिला,बालबालिका तथा समाजकल्याण मन्त्रालयको २ लाख आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भईरहेको संस्थाले जनाएको छ ।

सरकारी सेवा प्रवेश, लोकसेवा आयोग परिक्षाका लागी समेत कम्प्युटर शिक्षा आवश्यक रहेको तथा छोरी बुहारीलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउनका लागी उक्त कार्यक्रम सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
ग्रामिण क्षेत्रमा रहेका महिलालाई कम्प्युटरको पहुँचमा ल्याउनुका साथै वर्तमान अवस्थामा कम्प्युटर शिक्षा आवश्यक रहेकोले संस्थाले सञ्चालन गरेको कम्प्युटर शिक्षा उपलब्धीमुलक रहेको सहभागी सिता विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो“ग्रामिण क्षेत्रमा यसरी कम्प्युटर कक्षा सञ्चालनले निकै सहयोग पुगेको छ ”३ महिनासम्म सञ्चालन हुने उक्त आधारभुत कम्प्युटर शिक्षाको तालिममा दिपेन्द्र कार्की प्रशिक्षक रहनुभएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles