28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

अछाममा चट्याङ र असिनापानीः सात जना घाइते, गहुँबाली नष्ट

अछाम, वैशाख १५।

मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् । असिनापानीसँगै परेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घाइते सातमध्ये मनिषा भाटलाई बढी चोट लागेका र केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।

६ जनाको सामान्य उपचारपछि घर फर्किएका छन्। यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।

किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन्।

यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिए।

आधा केजीसम्मको असिना परेपछि तरकारी र गहुँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles