33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

पानी नपाएर अत्तरियामा छाडा चौपाया मर्दै

अत्तरिया, बैशाख १३ ।

कैलालीको अत्तरिया बजार क्षेत्रमा रहेका छाडा चौपाया पानी पिउन नपाएर दैनिकजसो मर्न थालेका छन् ।

गर्मी मौसम बढ्दै गएको छ भने सामुदायिक बन क्षेत्र पनि सुख्खा भएका कारण पानी पिउन नपाएर छाडा गाईगोरुहरु दैनिक रुपमा मर्न थालेका हुन् । सोमबार अत्तरिया बसपार्कमा पानी पिउन नपाएर गाई मरेको थियो भने मंगलबार पुर्बरोडमा र बुधवार अत्तरिया चोक नजिकै गाई मरेको स्थानियबासीले बताएका छन् ।

पानीका लागी बजार क्षेत्रमा रहेका गाई गोरु दिनभरी बजार क्षेत्रमा चाहार्ने गरेको भएपनि पानी नपाउने गरेकाले प्यासमा नै मर्ने गरेको उनीहरुको भनाई छ ।

गोदाबरी नगरपालिकाले छाडा पशु चौपायको ब्यबस्थापनका लागी बिभिन्न स्थानमा गौशाला निर्माणको प्रकृया अगाडी बढाएको भएपनि बजार क्षेत्रमा रहेका छाडा पशु चौपायको अबस्था उस्तै रहेको छ ।

दैनिक जसो मरेका गाईगोरुको ब्यबस्थापन समयमा नै नगर्ने गरेका कारण कारण बजार क्षेत्र समेत दुर्गन्धीत बन्दै गएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles