सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन धनगढीमा सुरु

द्वारा : सुदुर न्युज

धनगढी बैशाख १२।

सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन धनगढीमा सुरु भएको छ ।

अधिवेसनको एक कार्यक्रमका विच प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरे। अधिवेसनको उद्धघाटन गर्दै मुख्यमन्त्री भट्टले भारतमा मजदुरी गर्नुपर्ने बाध्यता अव प्रदेश सरकारले न्युनिकरण गर्ने बताए। विगतमा एकात्मक शासनका कारण भारत जानुपर्ने सुदुरपश्चिमेलीहरुको बाध्यता भएपनि अव प्रदेश सरकार बनिसकेकाले त्यो बाध्यता न्युनिकरण हुदै जाने मुख्यमन्त्री भट्टको भनाई छ।

कार्यक्रममा अन्तराष्ट्रिय सुदुरपश्चिमेली समाजका अध्यक्ष धन वहादुर रोक्कामगरले अवसर पाए प्रदेश नम्वर ७ को समृद्धीका लागि प्रवासी सुदुरपश्चिमेलीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए।

सुदुरपश्चिमेली नेपाली समाज भारतका संयोजक दिपक मल्लको अध्यक्षतामा भएको उद्धघाटन समारोमा विभिन्न सास्कृतीक प्रस्तुती पनि राखिएको थियो। अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने समाजका अध्यक्ष मल्ले बताए।

अधिवेसनमा भारतका विभिन्न शहरमा रोजागरी गर्ने सुदुरपश्चिमेलीहरुको सहभागिता रहेको छ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com