वाणी–कृष्णपुर खण्डमा रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

द्वारा : सुदुर न्युज
Accident

कञ्चनपुर, बैशाख १०।

कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज बिहान कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म १ क १३९ नं को ट्रकमा से ४ त ८०२४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।

ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिए।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि धनगढी पु¥याइएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार बर्दियाको राजापुरका २५ वर्षीय प्रवीन चौधरी सामान्य घाइते भएका छन्। घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com