16.7 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

बैतडीमा ‘आत्महत्या’ गर्नेहरुको प्रकोप, चालु बर्षमा मात्रै २६ जनाको मृत्यु

बैतडी, वैशाख ९ गते ।

जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ ।

यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देशत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख छ । आत्महत्या गर्ने १३/४५ वर्ष उमेर समूहका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्लो चार वर्षको तथ्याँकले आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाउँछ ।
आर्थिक वर्ष २०७१/७२ मा १६ जनाले आत्महत्या गरेकामा २०७२/७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको छ ।

मानवीय इच्छा र आँकाक्षाहरु अनगिन्ती हुने र ती पूरा नहुँदा निराश भएर आत्महत्याको बाटो रोज्ने विज्ञहरु बताउँछन् ।

बैतडीमा आत्महत्याको गर्नेको आँकडा डरलाग्दो रहेकाले यसलाई न्यून गर्न सचेतना कार्यक्रमको सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

आत्महत्याको घटना कुनै एक व्यक्ति वा निकाय लागेर मात्र नियन्त्रणमा आउन नसक्ने र यसका लागि सबै पक्षको सहयोग चाहिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माका अनुसार जिल्लाका विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्न प्रहरी युनिटहरु खटाएइका छन् ।

आत्महत्याका घटना बढ्दै जानाको मुख्य कारण मानिसको व्यस्त जीवनशैली र तनावलाई मानिन्छ । तनावग्रस्त मानिसमा घोरिने, चिट्चिट पसिना आउने, बेलाबेलामा झस्किने, कसैसँग कुरा गर्न नचाहने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागुपदार्थ सेवन गर्नेलगायतका लक्षण देखा पर्छ । त्यस्ता व्यक्तिलाई समयमै सम्झाइबुझाई गर्नुपर्ने र एक्लै यताउति जान नदिने प्रहरीको सुझाव छ ।

यसका साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवनको लत पनि आत्महत्याका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थी आत्महत्याको घटना कम गर्न विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने बताउनुहुन्छ । आत्महत्या एक रोग जस्तै गरी देखा पर्न थालेको उहाँको मूल्याँकन छ । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles