34.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

डोटी जिप दुर्घटना: मृत्यु हुनेको सङख्या चार पुग्यो

धनगढी बैशाख ०९

डोटीको शिखर नगरपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङख्या चार पुगेको छ । ३ जनाको घटना स्थलमै मृत्यू भएकोमा थप एक जनाको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाईते ३५ बर्षिय झाकरी भुलको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा भुत्यु भएको हो ।

दिपायल बाट शिखर नगरपालिका ३ जोरागाउ जान लागेको ग १ ज ५२७५ नम्बरको महेन्द्रा बोलेरो जिप दुर्घटना हुँदा शिखर नगरपालिका ३ बस्ने ३२ बर्षकी कट्टी सार्की, सोही ठाउका १४ बर्षका सुरज भुल र ४० बर्षकी खिनतोली भुलको घटनास्थलमै मृत्यु भईसकेको थियो ।

घाईते १५ जनाको कोहलपुर मेडीकल कलेज र सेती अस्पतालमा उपचार भईरहेको छ ।

घाईते हुनेमा वडा नम्बर ३ का चुनादेवी भुल, सपना भुल, कैलाश भुल, शुरेश भुल, खिमा भुल, वली भुल, शंकर भुल, धौली भुल, नारु भुल, अम्रित भुल, बाशु भुल र अर्जुन भुल रहेका छन ।

दुर्घटनामा चालक २४ बर्षका भिम भुल, उनकी श्रीमती टिकरा भुल र २ बर्षिय छोरा अनुज भुल पनि घाईते भएका छन । उकालो मोडमा मोड्न नसक्दा जिप पल्टीएको उहाँले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles