36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

महाकालीमा हाम फालेकी महिलाको मृत्यु

दार्चुला, वैशाख ७।

महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन्।

ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ।

नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल नगरपालिकाकै वडा नम्बर ८, असिगडा नजिक कोली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए।

मृतक महिलाको घरमा श्रीमान् तथा छोराछोरी रहेका छन्। मृतक महिला केही दिन अघिदेखि बिरामी भएको तथा उपचार गराइहेको पारिवारिक स्रोतले जनाएको छ।

मृतक कोलीको शव जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक लालबहादुर साउदको नेतृत्वमा गएको टोलीले प्रहरी मुचुल्का तयार पारी परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएकोमा परीक्षणपछि शव आफन्तको जिम्मा लगाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

-रासस

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles