33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अनुमती लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध

बैतडी,७ चैत-

जिल्ला प्रसासन कार्यालय बैतडीले अनुमती लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ ।

यसका साथै यसअघि अनुमती नलिएर सिसिटिभी जडान गरेकाहरुलाई समेत जिल्ला प्रसासन कार्यालयको अनुमती लिन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यले जानकारी दिनुभयो ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न बिद्युतिय उपकरणको प्रभावकारी बढाउने प्रयोजनका लागी सिसिटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालन सम्वन्धी कार्यबिधि , २०७२ स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकोले यस्तो आग्रह गरिएको हो ।

सिसिटिभी जडान तथा कार्यबिधि, २०७२ अनुसार सार्वजनिक निकायहरुले गृह मन्त्रालयमा प्रयोजन खुलाई व्यापारिक केन्द्र , निजी प्रयोगकर्ताले पनि जिल्ला प्रसासनवाट अनुमती लिनुपर्ने जनाएको छ ।

कुनै पनि व्यक्ति , व्यापारिक केन्द्र, संघ संस्थाले हालसम्म पनि जिल्ला प्रसासन कार्यालय बैतडी अनुमती लिएको छैन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles