33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

बैतडीमा चितुवाको फेरी आक्रमण – बृद्धा गम्भिर

बैतडी,७ वैशाख-

चितुवाको आक्रमणमा परि बैतडीको तल्लोस्वराडमा एक बृद्धा गम्भिर घाईते भएका छन् । घाईते हुनेमा मेलौली नगरपालिका ८ कोटिगाउ जोगीझाडकी ६७ बर्षिया डिगरी देवी विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गएराती १ बजे घरभित्रै सुतिरहेकी बृद्धालाई झ्यालवाट भित्र पसेको चितुवाले आक्रमण गरेको हो । घाईते डिगरीको टाउकोमा गम्भिर चोट रहेको छ । घाईतेलाई उपचारका लागी उप क्षेत्रिय अस्पताल डडेल्धुरा लैजाने तयारी भएको छ ।

चितुवाले वि स २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रसासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकि फर्किने गरेको छ ।

गत फागुन १४ गते राती मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ बर्षिय बालक गणेश बहादुर चन्दलाई आफ्नै घरकै भुइँतले भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाईते बनाएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles