39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

अनियमित विद्युत भोल्टेजले नगरबासी हैरान

धनगढी बैशाख ५।

केही दिनयता विद्युतमा भईरहेको अनियमित भोल्टेजका कारण धनगढी उपमहानगरपालिकाबासी हैरान भएका छन्। विगत ४÷५ दिनयता विद्युत भोल्टेज अनियमीत हुन थालेपछि नगरबासी हैरान भएका हुन्।

अनियमित र अनियन्त्रित भोल्टेजले विद्युतीय उपकरणमा समेत क्षती पुग्न थालेपछि आगलागिको डरले स्थानीय त्रसित हुन थालेका छन्। साँझ र बिहानको समयमा कहिले डिमबत्ति त कहिले हाई भोल्टेज आउन थालेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित हुनुकासाथै व्यापार व्यवसाय समेत प्रभावि तभएको छ।

उपमहानगरपालिकाको धनगढी चौराह, तारानगर, शहिदगेट, केदार टोल लगायतका क्षेत्रमा भइरहेको अनियमित र अनियन्त्रित भोल्टेजले बल्ब, टिभी, फ्रिज तथा तार सर्ट हुने समस्या निम्त्याएको भन्दै स्थानीबासी आक्रोशित समते भएका छन्।

चटकपुरकी स्थानीय महिला बसन्ती आलेले हाई भोल्टेजका कारण आफ्ना घरका विद्युतीय समाग्रीमा क्षती पुगेको बताईन् । ‘मेरो घरमा बल्ब फुट्यो, छिमेकमा टिभी, फ्रिज लगायतका समानमा क्षती पुगेको छ।’ उनले भनिन्, बत्ति बाल्न नै डर लाग्छ।’

गर्मी बढ्दै गएका बेला भइरहेको अनियमित भोल्टेजले स्थानीय हैरान मात्र भएका छैनन् की आगलागी हुने जोखिम पनि उत्तीकै बढेको छ । न्यू रोडका स्थानीय उजीर साँउदले अनियमित भोल्टेजले छिमेकी घरमा टिभी, फ्रिज तथा मिटरमा क्षती पुर्‍याएकाले आफ्नो घरमा पनि त्यस्तै हुने होकी भन्ने डरले सताएको बताए।

विद्युतको बढि आवश्यकता पर्ने साँझ बिहानको समयमा नै भोल्टेजमा बढी गडबढी भईरहेको छ। यसले नगर क्षेत्रको व्यपारीहरुलाई समेत असर पारिरहेको छ।

शहिदगेटका व्यापारी मनिश पाठकले बत्ति आउने जाने समस्या रहेकै बेला भोल्टेजमा भएको उत्तार चढावले समस्या पारेको जनाए। तर यता नेपाल विद्युत प्राधिकरण धनगढी शाखाले भने टान्सफर्मरमा देखिएको प्राविधिक क्रुटीले त्यस्तो समस्या उत्पन्न भएको भन्दै मर्मत पछि समस्या समाधान भईसकेको दाबि गरेको छ।

नेपाल विद्युत प्राधिकरण धनगढी शाखाका प्रमुख धिरेन्द्र कुमार यादवले चटकपुरमा टान्सफर्मर मर्मत गर्दा तारा राम्रोसँग नकसिएकाले त्यसो हुन पुगेको जनाउदै अहिले मर्मत गरिसकेको बताए। टान्सफर्मरमा तार जोड्दा र फ्युज हाल्दा हुने स–सानो प्राविधिक क्रुटीले हुने अनियमित भोल्टेजका कारण नगरबासीले बेलाबेला हैरानी खेप्दै आएका छन्। हाइ भोल्टेज बाट भविष्यमा हुन सक्ने क्षतीलाई जोगाउन विद्युत प्राधिकरणले बेलैमा ध्यान दिनुपर्छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles