39.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

मानविय क्षती भएपछि विद्युतीय पासो थापेको आरोपमा ६ जना पक्राउ

धनगढी, २८ चैत्र

धनगढी उप–महानगरपालिका वडा नम्वर ११ बेलामा सामुदायीक बनमै शिकारीले थापेको विद्युतीय पासोले एक जनाको मृत्यु र तिन जना गम्भीर घाईते भएपछि प्रहरीले घटनाको छानविन गर्न सुरु गरेको छ ।

घटनामा संग्लनको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सामुदायीक बनमा पासो थापेको र त्यस्ले एक जनाको मृत्यु तथा तिन जना घाईते भएपछि लाल वहादुर राना, बमन राना, राधे चौधरी, टेकराज भट्टराई, लाल वहादुर चौधरी र चम्मन रानालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा दोषी ठहर भए कर्तव्य ज्यान मुद्धा लगाएर कारवाहीको प्रक्रिया अगाडी बढाउने कैलालीका प्रहरी नायव उपरिक्षक विरवहादुर बुढामगरले बताए ।

स्थानीयले कुनै पनि हालतमा दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

गत शुक्रवार बेलाको शिवशक्ती सामुदायीक बनमा राखीएको विद्युतीय पासोमा परि स्थानीय १४ वर्षीय अमन चौधरीको मृत्यु भएको थियो भने १२ वर्षीय सागर पनेरु, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नवीन खडायत गम्भीर घाईते भएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles