25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

कैलारी बलात्कार गर्न खोज्ने १ जना र बलात्कारको आरोपीलाई कालोमोसो दल्ने ६ जना पक्राउ

धनगढी, २८ चैत्र,

कैलालीको कैलारी गाउँपालिकामा महिलालाई बलात्कार गर्न खोजेको अभियोगमा एक जना र बलात्कारको आरोपीलाई कालोमोसो दलेर जुत्ताको माला लगाउने ६ जना पक्राउ परेका छन् ।

गाउँपालिकाको वडा नम्वर १ दक्षिण मन्झरामा महिलालाई बलात्कार गर्न खोज्ने कृष्णबहादुर चौधरी र उनलाई कालोमोसो दल्ने अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरीलाई कालोमोसो दलेर जुत्ताको माला लगाउने कार्यमा संलग्न भएको आरोपमा भलमन्सा बुद्धिराम चौधरी, स्थानीय खोजराम चौधरी, छेदुराम चौधरी, दुखिराम चौधरी र मसराम चौधरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक विरवहादुर बुढामगरले बताए ।

महिलामाथि दुव्र्यवहार गर्ने कृष्ण चौधरीलाई जबरजस्ती करणी र अन्य पक्राउ परेका ६ जनालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको बुढामगरले बताए ।

चैत २३ गते शुक्रावर रातिको समयमा महिला एक्लै घरमा भएको बेला चौधरीले महिलामाथि बलात्कारको प्रयास गरेका थिए ।

स्थानीयले चौधरीलाई चैत २४ गते कालोमोसो र जुत्ताको माला लगाउदै दुई लाख जरिवाना गराउने कागज गराएका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles