26.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

साँफे-मार्तडी सडक सुचारु

बाजुरा, चैत २० गते ।

मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक खण्ड सुचारु भएको छ ।

सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्यांकन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमति पछि बाटो सुचारु भएको प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीले बताउनुभएको छ ।

तिपाडामा स्थानीयले बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेका थिए । सडक सोमबार दिउँसो सञ्चालनमा आएको हो । स्थानीयले तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै सडक अवरुद्ध गरेका हुन् । २०७२ सालदेखि नै छलफलको विषय रहेको उक्त सडक क्षेत्रमा राज्यले मुआब्जा दिन ढिलासुस्ती गरेको जग्गाधनी धीरबहादुर सिंहको गुनासो छ ।

सडक कालोपत्रेको प्रक्रियामा रहेपनि स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दलबीच मुआब्जा दिने सहमति भएपछि अहिलेसम्म भुक्तानी भएको छैन ।

पटकपटक भएका निर्णयमा मुआब्जा दिने कुरा भएपनि कति दिने भन्नेमा साझा निर्णय नभएकाले भुक्तानीमा समस्या भएको प्रशासनले बताउने गरेको छ । उनीहरुले बिहानै पर्खाल र तारबारसहित बन्द गरेका थिए ।

सडक अवरुद्ध गरिएपछि करिब छ घण्टा दर्जनौँ सवारी साधनका यात्रु तिपाडामा अलपत्र परेका थिए । जिल्ला बाहिर जान र आउन लागेका दुवैतिरका यात्रु सडक सुचारु भएसँगै गन्तव्यतर्फ लागेका छन् ।

आइतबार मात्र प्रशासन कार्यालयमा सहमतिका लागि प्रयास गरिए पनि २०७२ सालको मूल्यांकनका आधारमा मुआब्जा दिने कुरा भएपछि आफूहरुले न्यायका लागि सडक बन्द गरेको बताएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles