27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

नब्बे प्रतिशत क्षयरोगी निको हुन्छन्

चितवन, चैत १० गते ।

क्षयरोगका कारण मानिसको मृत्यु हुने संख्या घटेर गएको छ । यसका साथै बिरामी पनि घट्दै गएको देखिन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठरोग अधिकृत जयराम दुवाडीका अनुसार गत आर्थिक वर्षमा ९८१ जना क्षयरोगका बिरामी थपिएकामा ३८ जनाको मृत्यु भएको थियो । आव २०७२/७३ मा एक हजार ३४ जनामा क्षयरोग देखिएको र ५१ जनाको मृत्यु भएको दुवाडीले बताउनुभयो । चालु आवको पहिलो चौमासिकमा ३२५ जनामा क्षयरोग देखिएको छ । त्यस चौमासिकमा एक जनाको मात्र मृत्यु भएको उहांँले बताउनुभयो ।

दोस्रो चौमासिकको समीक्षा भइनसकेकाले तथ्यांक संकलन हुन सकेको छैन । बिरामी निको हुनेदर ९० प्रतिशत पुगेको बताउंँदै उहांँले सचेतना बढेसंँगै बिरामीको संख्यामा कमी आएको र मृत्युदर घटेको बताउनुभयो । कार्यालयले गत आवमा सेवा केन्द्र ५७ ठाउँबाट बढाएर ६० ठाउंँसम्म पुऱ्याएको छ भने १४ वटा प्रयोगशालालाई बढाएर १८ वटा पुर्‍याएको छ ।

जिल्लामा देखिएका क्षयरोगीमध्ये ७० प्रतिशत फोक्सोका अन्य शरीरका ग्रन्थी, पेट, हड्डी लगायतका रहेको दवाडीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयले क्षयरोग निवारण संस्था र विराट नेपाल मेडिकल ट्रष्टसँग मिलेर रोग निवारणको लागि काम गरिरहेको छ । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles