33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

दाङका ९० प्रतिशत अण्डा जिल्लाबाहिर

दाङ, चैत १० गते ।

दाङ अण्डामा आत्मनिर्भर बनेको छ । जिल्ला पशु विकास कार्यालय दाङका अनुसार जिल्लामा उत्पादित ९० प्रतिशत अण्डा निर्यात हुने गरेको छ । जिल्लामा ८४ जना कृषकले सञ्चालन गरेको कुखुरा फर्ममा सात लाखभन्दा बढी लेयर्स कुखुरा रहेको र तीबाट दैनिक साढे दुई लाख अण्डा उत्पादन हुने गरेको जानकारी कार्यालय प्रमुख चन्द्रबहादुर रानाले दिनुभयो । उहाँका अनुसार जिल्लाका घोराही, देउखुरी, तुलसीपुर क्षेत्रबाट सञ्चालनमा आएका फर्मबाट मासिक ७० लाख ३८ हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ ।

जिल्लाको बजारलाई आवश्यक पर्ने भन्दा ९० प्रतिशत बढी अण्डा उत्पादन भइरहेको जानकारी दिँदै कार्यालय प्रमुख रानाले १० प्रतिशत अण्डा जिल्लामा खपत हुने र बाँकी पश्चिम नेपालमा बजारमा निर्यात भइरहेको जानकारी दिनुभयो । दाङ अण्डामा आत्मनिर्भर मात्र भएको छैन । ९० प्रतिशत अण्डा पश्चिम नेपालका बजारमा निर्यात गरिरहेको छ, कार्यालय प्रमुख रानाले भन्नुभयो । लेयर्स कुखुराले लामो समयसम्म अण्डा दिने भएकाले यसतर्फ कृषकहरूको आकर्षण बढ्दै गइरहेको छ ।

केही वर्षयता दाङमा अण्डा आयात रोकिएको भन्दै रानाले जिल्लाको उत्पादनले पश्चिम नेपालका महेन्द्रनगर, बुटवल, नेपालगञ्ज, गुल्मी, अर्घाखाँचीसँगै राप्तीका सल्यान, रोल्पा, प्युठान, रुकुमलगायतका जिल्लाका बजार धानेको बताउनुभयो । रानाले पशु सेवा कार्यालयमा दर्ता भएर व्यावसायिक रूपमा अण्डा उत्पादन गर्ने ६४ वटा फर्महरू रहे पनि दर्ता नभएर ग्रामीण क्षेत्रमा थोरै लगानीमा व्यवसायी गर्ने अलि धेरै किसान संलग्न रहेको जनाउनुभयो ।

कार्यालयमा थोरै कर्मचारी भएका कारण जिल्लाभरको अनुगमन हुन सकिरहेको थिएन, कार्यालय प्रमुख रानाले भन्नुभयो, पशु सेवा कार्यालयको अधिकार स्थानीय तहमा गएसँगै अब सानो पँुजीका व्यवसाय पनि कानुनी दायरमा आउने छन् । अण्डामा दाङ पूर्ण रूपमा आत्मनिर्भर भएको बताउँदै कार्यालय प्रमुख रानाले भन्नुभयो, अण्डामा आत्मनिर्भर बन्नका लागि जिल्लाको आवश्यकता पूरा गर्न सक्नुपर्छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार एक वर्षमा प्रतिव्यक्ति ४८ वटा अण्डा आवश्यक पर्दछ । त्यो आवश्यकतालाई पूरा गर्दै बढी अण्डा उत्पादन भइरहेको छ ।

२०६८ सालको जनगणना अनुसार दाङको जनसङ्ख्या पाँच लाख ५२ हजार ५४३ रहेको छ तर यहाँ मासिक रूपमै ७० लाखभन्दा बढी अण्डा उत्पादन भइरहेको छ । यो तथ्याङ्कका आधारमा पनि दाङ नेपालमै अण्डा उत्पादन हुने जिल्लामध्ये तेस्रो स्थानमा पर्दछछ । नेपालमा अण्डा उत्पादनका लागि सबैभन्दा राम्रो जिल्ला चीतवन र त्यसपछि काभ्रे जिल्ला हो, कार्यालय प्रमुख रानाले भन्नुभयो, त्यसपछि अण्डा उत्पादनमा दाङ जिल्लालाई लिने गरिन्छ ।

कार्यालयका अनुसार दाङमा पछिल्लो समय कुखुरापालन व्यवसायमा ठूलो लगानी भएको छ । अण्डा बिक्री गर्न सहजसँगै राम्रो आम्दानी हुने गरेपछि कुखुरापालनका क्षेत्रमा ठूलो लगानी भएको कार्यालय प्रमुख रानाले बताउनुभयो । अण्डा जिल्लाका सहरी क्षेत्रहरू घोराही, तुलसीपुर, लमही, नारायण, भालुवाङलगायतका क्षेत्रमा बिक्री हुने गरेको छ । अहिले अण्डा उत्पादन गर्ने फर्मदेखि अण्डा सप्लायर्स गर्नेसम्म करिब २५० भन्दा बढीले जिल्लामा रोजगारी प्राप्त गरेको पशु सेवा कार्यालयले जानकारी दिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles