26.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

बैतडीमा एसइई : आज १९१ परिक्षार्थी अनुपस्थित, हिजो १९२ परिक्षार्थी अनुपस्थित

बैतडी,९ चैत

माध्यमिक शिक्षा परिक्षा(एसइई)को आज दोस्रो दिनको परिक्षा सम्पन्न भएको छ । आज अनिवार्य नेपाली विषयको परिक्षा सम्पन्न भएको हो ।

बैतडीमा नेपाली विषयको परिक्षामा बैतडीमा १९१ जना परिक्षार्थी अनुपस्थित भएका जिल्ला शिक्षा कार्यालय बैतडीका निमित्त जिल्ला शिक्षा अधिकारी शंकर दत्त भट्टले जानकारी दिनुभयो । बैतडीमा जम्मा ५ हजार ८९४ परीक्षार्थी सहभागी भएका छन् ।

ती परीक्षार्थीका लागि २५ केन्द्र नियमित र २ केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । एसइई परिक्षाका लागी बैतडीमा २७ केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष, २४८ निरीक्षक, ४०५ सुरक्षाकर्मी र १३७ जना सहयोगी गरी ८ सय ४८ जनशक्ति परिचालन भएका छन् ।

यसअघि हिजो पहिलो दिन अंग्रेजी विषयको परिक्षामा १९२ जना परिक्षार्थी अनुपस्थित रहेका थिए । हालसम्म दुई दिनसम्म सञ्चालन भएको एसइई परिक्षा जिल्लाभरी निष्पक्ष, मर्या्दित र व्यवस्थित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

अव आउदो आईतवार रामनवमीको बिदा भएकोले सोमवार अनिवार्य गणित विषयको परिक्षा सञ्चालन हुने भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles