झुलाघाटबाट ५२ बालकको उद्धार

द्वारा : सुदुर न्युज
झुलाघाट

बैतडी, ८ चैत –

प्रहरीले बैतडीको सिमानाका झुलाघाटबाट आज एकैदिन ५२ जना बालकको उद्धार गरेको छ । बैतडी र बझांगका गरी ५२ जनालाइ भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।विद्यालयको परिक्षा दिएर बिदा भएकाले बिद्यार्थीहरु दिनहुदिन भागेर भारत जाने गरेकाले आज बिहानदेखि अहिले सम्म ५२ जनालाई भारत जान नदिएको सिमानाका प्रहरीचौकी झुलाघाट प्रहरी प्रमुख चक्रदेव पाण्डेयले बताएका छन् ।

जसमध्ये २८ जनालाइ जिल्ला प्रहरी कार्यलयमा पठाइएको छ भने २४ जनालाइ अहिले सिमानाका झुलाघाटमै राखेर परिवारको सम्पर्कमा लगाउने तयारी भइरहेका पाण्डयेले बताएका छन् ।

१२ वर्षदेखि १९ वर्ष सम्मका विद्यार्थी कोही घरपरिवारको स्वीकृत लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेको प्रहरीले जनाएको छ । उद्धार गरेका सबै बालकलाइ आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका सबैको उमेर १२ वर्षदेखि १७ बर्षमुनि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com