25.9 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

रुकुममा जीप दुर्घटनामा एकको मृत्यु, नौ घाइते

रुकुम, ८ चैत्र –

रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नम्बरको जीप बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौंजना खाइते भएका छन्। बाँफिकोट गाउँपालिका वडा नं. ६ मग्मामा उक्त जीप दुर्घटना भएको हो।

दुर्घटनामा परी सोही गाउँपालिका वडा नं. ७ का अन्दाजी २९ वर्षीय खम्ब खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतककी श्रीमति अमृता खत्री र उनका सात वर्षका छोरा हिडन खत्री गम्भिर घाइते भएका छन्। यस्तै सोही गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय प्रकाश नेपाली, २० वर्षीय निरुता खत्री, ४० वर्षीय बलबहादुर नेपाली, २६ वर्षीय राजकुमार खत्री, बालिका मञ्जु खत्री, आठसीसकोट नगरपालिका वडा नं. ९ का २५ वर्षीय रमेश खत्री र वडा नं. १२ का ३८ वर्षीय मानबहादुर विष्ट घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका आमाछोराको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको जिल्ला स्वास्थ्य कार्यालय सल्लेमा उपचार भइरहेको छ।

जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद धमालाले बताए। उनले जीप चालकलाई नियन्त्रणमा लिएका बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles