26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

बैतडीमा १५२ जना एसईई परिक्षा दिनवाट बञ्चित

बैतडी,७ चैत-

बिहीवारदेखि सुरु हुने एसईई परिक्षामा बैतडीमा १५२ जना विद्यार्थीले परिक्षा दिन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका, समयमै शुल्क नतिरेका तथा बीचमै विद्यालय छोडेका विद्यार्थी परीक्षाका लागि अयोग्य भएका जिल्ला शिक्षा कार्यालय बैतडीका निमित्त जिल्ला शिक्षा अधिकारी शंकर दत्त भट्टले जानकारी दिनुभयो ।
बैतडीमा यस वर्षको एसइई परीक्षामा ५ हजार ८ सय भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही चैत ८ गतेदेखि सुरु हुने एसईई परीक्षामा २ हजार ७ सय ३६ छात्र र ३ हजार १ सय ५८ छात्रा गरी ५ हजार ९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

जसमा नियमिततर्फ २ हजार ५ सय ७३ छात्र र २ हजार ८ सय १६ छात्रा गरी ५ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १ सय ६३ छात्र र ३ सय ४२ छात्रा गरी ५ सय ५ जना एक्जाम्टेडतर्फ र ८ जना प्राविधिकतर्फ सहभागी हुनेछन् । परीक्षाका लागि बैतडीमा २५ केन्द्र नियमित र दुई केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

परिक्षामा ८ सय बढी जनशक्ति परिचालन गरिने भएको छ । जोशीका अनुसार, २७ केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष, २ सय ४८ निरीक्षक, ४ सय ५ सुरक्षाकर्मी र १ सय ३७ जना सहयोगी गरी ८ सय ४८ जनशक्ति परिचालन हुने भएका छन् ।

यसका साथै बैतडीमा परिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । उत्तरपुस्तिका र प्रश्नपत्र सम्वन्धित परिक्षाकेन्द्रमा पुगिसकेका छन् भने केन्द्राध्यक्ष पनि खटिसकेका छन् ।

परीक्षालाई निष्पक्ष, मर्या्दित र व्यवस्थित बनाउन परिक्षा समन्वय समिति र जिल्ला शिक्षा कार्यालय बैतडीले सबैलाई आग्रह गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles