27.5 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बेरोजगार युवालाई आत्मनिर्भर बनाउन छनौट गरिदै

बैतडी,६चैत,

बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकामा सोमवारदेखि युवा स्वरोजगार व्यवशाय छनौट अभिमुखिकरण गोष्ठी सुरु भएको छ । दोगडाकेदार गाउँपालिकाको आर्थिक सहयोगमा नमुना समाज नेपाल बैतडीको आयोजनामा गोष्ठी सुरु भएको हो । उक्त गोष्ठीको एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

नमुना समाज नेपाल बैतडीका अध्यक्ष बिस्ना जोशीको अध्यक्षतामा रहेको उक्त उद्घाटन कार्याक्रमका प्रमुख अथिति दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वर्ती कार्की रहनुभएको थियो । दोगडाकेदार गाउँपालिकाका वडा नं १,२ र ६ नं वडा युवाहरुलाई लक्षित गरी ५ दिने युवा स्वरोजगार व्यवशाय छनौट तालिम (उद्यमशिलता विकास) सुरु भएको हो । दोगडाकेदार गाउँपालिका ६ सित्तडमा सुरु भएको छनौट तालिममा ३० भन्दा बढी युवा उद्यमीको सहभागिता रहेको थियो ।

सहभागी उद्यमीमध्ये उत्कृष्ठ उद्यमीलाई छनौट गरी स्वरोजगार गर्न व्यवशायमा सहयोग गरिने गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles