25.7 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

पाटनमा ४ दिनदेखि विद्युत सेवा अवरुद्ध

बैतडी, ६ चैत्र,
बैतडीको पाटनमा बिगत ४ दिनदेखि विद्युत सेवा अवरुद्ध हुदा समस्या भएको छ । पाटन नगरपालिका २ सिङटोल, सिराडी र ढुंगलीगाँउमा बिगत ४ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको स्थानिय तथा सञ्चारकर्मी गोविन्द पन्तले जानकारी दिनुभयो ।

४ दिन अगाडी त्यस क्षेत्रमा जाने विद्युत लाईनमा रुख ढल्दा अवरुद्ध भएको विद्युत सेवा अझै सुचारु हुन नसकेको उहाँले बताउनुभयो । रुख ढलेर विद्युत लाईन अवरुद्ध भएको बारे विद्युत कार्यालयमा जानकारी गराउदा समेत कुनै सुुनुवाई नभएको स्थानिय बासिन्दाको भनाई रहेको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा मोबाईल चार्ज गर्न देखि लिएर अन्य विद्युतिय उपकरण चलाउन समेत समस्या भएको सञ्चारकर्मी पन्तले बताउनुभयो । पानी र हावाहुरीले गर्दा मुस्याचौर भन्दा पुर्वतिरको लाईनमा समस्या आएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

अवरुद्ध विद्युत सेवा सुचारुका लागी काम भईरहेकोले छिट्टै विद्युत सेवा सुचारु हुने बताएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles