कैलालीको अत्तरियाबाट ३ किलो चरेससहित २ जना पक्राउ

द्वारा : सुदुर न्युज
३ किलो चरेस सहित पक्राउ

धनगढी,५ चैत ।

कैलालीको अत्तरियाबाट ३ किलो लागू औषध चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतको क्षेत्रीय अनुसन्धान समूहको टोलीले अत्तरिया बसपार्कबाट लागू औषध बिक्री गर्ने र किन्नेलाई पक्राउ गरेको हो ।

लागू औषध चरेस बिक्री गर्न लागेका बाजुरा गौमुल गाउँपालिका–३, पाते बस्ने २१ वर्षीय भबिन्द्र धामी र खरिद गर्ने कैलालीको गोदावरी नगरपालिका–२, बस्ने ४८ वर्षीया भीमा थापालाई ३ किलो लागू औषधसहित पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरिक्षक केशब जोशीले जानकारी दिए ।

बरामद चरेस र पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि अत्तरियास्थित ईलाका प्रहरी कार्यालयलाई बुझाइएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ ।

देश नं ७ को उपक्षेत्रीय अस्पताल डडेल्धुराले फिजियो थेरापी तथा अत्याधुनीक ल्याब सेवा बिस्तार गरेसँगै बिरामीलाई सहज भएको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com