29.4 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

सुन्दरता गुमाउदै खप्तडका पाटन

दिपायल,५ चैत ।
पाटनका ठाँउठाँउमा दरार परेका छन् । पाटनको बिच भएर बग्ने खोलाहरुले गल्छी बनाएका छन् । दलदल भएको ठाउमा भासिने पनि थालेको छ । अनियन्त्रीत चरन र संरक्षणको अभावले खप्तड क्षेत्रका फराकिला पाटनहरु कटान हुन थालेका छन् । फुलफुलेर गलैचा बिछ्याए जस्तै देखिने पाटनहरु भासिदा सुन्दरतामा नै सुन्दरता समेत हराउन थालेको छ ।

खप्तडमा साना ठुला ५२ बटा पाटनहरु रहेका छन् । खप्तडी पाटन,घोडादाउनी पाटन,बुकी पाटन,त्रिवेणी क्षेत्रको पाटन यहाँका ठुला पाटनहरु हुन । एउटा पाटनमा घुम्न मात्रै सान्यतया १ घण्टा देखि तिन घण्टा सम्म लाग्छ ।

सबैभन्दा बढी संकटमा खप्तडी पाटन रहेको छ । पाटको बिचमा ठूलो गल्छी बनेको छ । त्रिबेणी खोला लगायत खप्तडको बिच भएर बग्ने खोलाले समेत खप्तडका पाटनलाई खतरा निम्त्याएको छ । खप्तड क्षेत्र पर्यटन पर्यटन विकास समितिका कार्यकारी निर्देशक गणेश बहादुर सिंहले भने,यसै अबस्थामा खप्तडका पाटन काटिने र भासिने हुन भने खप्तडको अस्थीत्व नै संकटमा पर्ने देखिन्छ ।

छाडा चरिचरनले पाटनको कटानमा सहयोग पु¥याएको छ । खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष राम प्रशाद उपाध्यायले भने–‘पाँच बर्ष यता लेकालि भेगमा औषत बर्षा बढेको छ । गाईगोरुको खुरले कमजोर बनाएको माटो बर्षातले बगाउन खोज्दा पाटनमा कटान बढाएको हो । कटान रोक्न कसैको ध्यान गएको छैन । खप्तडको पाटन क्षेत्रमा मात्रै अछाम,बाजुरा,डोटी,बझाङ्ग जिल्लाका हजारौ गोठहरु रहेका छन् । तिनीहरुका गाई ,भैसि,भेठा बाख्रा र घोडाहरु यती चराइन्छन् । पहिले देखि गाईगोरु र भैसि चराउदै आएकाले चरिचरन नियन्त्रण गर्न सकिने अबस्था समेत निकुञ्ज संग छैन ।

कटानले सबै भन्दा बढी क्षेती घोडा दाउनी पाटन र खप्तडी पाटनमा पु¥याएको देखिन्छ । पाटनमा बिचभागमा पानी बग्ने ठुलाठुला गल्छी बनी सकेका छन् । बझाङ्ग छान्नाका बिशराज खत्रीले भने–‘पाटन भासिन थालेको ५ बर्ष जती भयो । तर यस बिषयमा किन कसैले कुरो उठाउदैन ।

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा बदेलको संख्या बढेपछि चर्न पाटनतिर आउने गरेको पनि खत्री सुनाउछन् । उनले भने–‘निकुञ्ज स्थापना हुनु पूर्व २०३५ र ३६ सालतिर पनि बदेलले पाटन खनेर हैरान बनाएका थिए पछि सिकारीले बदेल नियन्त्रण गरेपछि पाटनको कटान रोकिनुका साथै फुलहरु बचेका थिए अहिले फेरी बदेलले पाटन खन्न थालेका छन् । बदेलले फुलका जराहरु खनेर खाने गर्दछन् । यसरी नै कटान भैराखेमा र बदेलले फुलको जरा समेत उखेलेर खाएमा फुल भेटाउन गाहे हुने चिन्ता समेत स्थानीयहरुले गरेका छन् । पाटन भासिन थालेका छन् ताल पुरीदैछन् दुर्लभ जडिबुटीको तस्करी हुदैछ डोटी सायल गाउपालीकाका लाल बहादुर बोगटीले भने, यसका बारेमा कसैलाई सोच्ने फुर्सद छैन । कटानले फुलहरुमा समेत क्षेती पुगाउने गरेको छ । खप्तडका पाटनमा मात्रै १ सय ३५ थरी फुल फुल फुल्दछन । यहाँ २२ वटा सानाठूला ताल रहेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles