26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

जेठाजुबाट बुहारीलाई मिर्गौला दान

काँकडभिट्टा, चैत ४ गते ।

झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ ।

भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडांैँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ ।

दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल जानुभएको थियो । उपचारका क्रममा चिकित्सकले उहाँका दुवै मिर्गाैला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गाैला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो ।

सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताउनुभएको थियो । मिर्गाैलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताउनुभयो ।

उहाँका अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ । झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उहाँकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गाैला दान दिनुभएको थियो । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles