22.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

सिरहामा जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइयो

लहान, चैत ३ गते ।

सिरहाको कर्जन्हा नगरपालिका–१ उतराइनीस्थित नन्दबाबा सामुदायिक वनक्षेत्रमा अतिक्रमण गरी बनाइएको ४० भन्दा बढी घर टहरा जिल्ला वन कार्यालय सिरहाको टोलीले शुक्रबार साँझ भत्काएको छ ।

जिल्ला वन कार्यालयका कर्मचारी, वन रक्षकको टोलीले सामुदायिक वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएको करिब ४० भन्दा बढी घर टहरा भत्काएको हो ।

सिरहाको विभिन्न सामुदायिक वनक्षेत्रमा अतिक्रमण बढेको भन्दै वन कार्यालयले अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन थालेको छ । कमला नदीसँगै टाँसिएको उक्त सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी धमाधम घर टहरा निर्माण हुन थालेकाले निर्माण गरिएको संरचना भत्काइएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिनुभयो ।

अतिक्रमण गरिएको वनक्षेत्र खाली गर्न पटक÷पटक आग्रह गरे पनि कुनै सुनुवाइ नगरेपछि बाध्य भएर बल प्रयोग गरी घर टहरा भत्काइएको उहाँको भनाइ छ । जिल्लाका अन्य सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइने योजना रहेको जिल्ला वन कार्यालय सिरहाले जनाएको छ । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles