28.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

घोडाघोडीका मेयरको त्रिवि शिक्षण अस्पताल काठमाडौमा उपचार जारी

धनगढी फागुन २९

गोली र खुकुरी प्रहारबाट घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । घोडाघोडी नगरपालिकामा रहेको आफ्नै घरमा गएराति अज्ञात समुहले गोली र खुकुरी प्रहार गरेपछि घाइते भएका चौधरीलाई थप उपचारको लागि सेनाको हेलिकप्टेरबाट काठमाडौं लगिएको हो । उहाँलाई साढे १२ बजे काठमाडौ पुगाईएको थियो । यसअघि उहाँको कोहलपुर मेडीकल कलेजमा उपचार भएको थियो ।

उहाँको तिघ्रामा लागेको गोली अझै पनि निकाल्न बाँकी रहेको तर अवस्था भने सुधार भईरहेको अस्पतालमै रहनुभएका अनेरास्ववीयु थारु विद्यार्थी संघका केन्द्रिय अध्यक्ष कमलसिह रानाले बताउनुभयो । चिकीत्सकहरुले खुकुरी प्रहारबाट लागेका घाउहरु ठिक भएपछि मात्रै गोली निकाल्ने बताएको उहाँले बताउनुभयो ।

गोली हानेको आरोपमा प्रहरीले विहान सम्म तीनजना पक्राउ गरि अनुसन्धान थालेकोमा अहिले थप २ जना पक्राउ गरीएको प्रदेश नम्बर सातका प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको अनुमान गरिएको छ ।

यस्तै कैलालीको घोडाघोडीका मेयर ममता चौधरीमाथि भएको आक्रमणका दोषीलाई विभीन्न संघ संगठनहरुले कारवाहीको माग गरेका छन् ।

घट्नाको नेकपा एमाले कैलाली, नेपाल कम्युनिष्ट पार्टी माओवादी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल लगायतका पार्टीले नगर प्रमख चौधरीमाथि आक्रमण गर्ने दोषि पत्ता लगाएर कारवाही गर्नुपर्ने माग गरेका हुन् । दोषिमाथि कारवाही गर्न र सुरक्षा व्यवस्था कडा पार्न माग गर्दै थारू कल्याणकारी सभा, थारू नागरिक समाज, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, थारू विद्यार्थी समाज र थारू महिला समाजले पनि विज्ञप्ति जारी गरेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles