31.6 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

दार्चुलामा पहिलो पटक वार्डेन सेमिनार हुँदै

दार्चुला

अपि नाम्पा संरक्षण क्षेत्र रहेको दार्चुलामा पहिलो पटक वार्डेन सेमिनार हुने भएको छ । २०६७ सालमा स्थापना भएको देशकै सबै भन्दा कान्छो संरक्षण क्षेत्रमा पहिलो पटक ३४ औ वार्डेन सेमिनार तथा १६ औ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक बस्ने भएको हो । यहि फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म हुने वार्डेन सेमिनारको सम्पूर्ण तयारी पूरा भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्जन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रुपाखेतीले सम्मेलनमा गरिने विषय वस्तु र अहिलेको अवस्थाबारे जानकारी गराएका हुन् ।

नेपालमा २०४१ सालदेखि वार्डेन समेनिार मनाउन थालिएको हो । यस वर्ष अपि नाम्पा संरक्षण क्षेत्रले अपि नाम्पा संरक्षण क्षेत्रको नियमावली र निर्देशिका बनाउने गरी प्रस्ताव राख्ने तयारी गरेको प्रमुख संरक्षण अधिकृत भुमीराज उपाध्यायले बताउनुभयो । ०६७ सालमा संरक्षण कार्यालय स्थापना भएपनि नियमावली र निर्देशिका नहुँदा काम गर्नमा समस्या भएको भन्दै प्रस्ताव लगिन लागेको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles