23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

सुख्खड वजार क्षेत्र विहानैदेखि वन्द

धनगढी

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको संघातिक आक्रमणको विरोधमा आज विहानैदेखि सुख्खड वजार वन्द रहेको छ ।

हिजो राती मेयरलाई अज्ञात समुहले गोली प्रहार गर्दै घाईते वनाएपछि दोषीलाई कारवाहीको माग गर्दै सुख्खड वजार क्षेत्र वन्द गरिएको हो ।

युवा संघको आव्हानमा वजार वन्द गरिएको हो । घटनाको विरोध गर्दै आज विहान सुख्खड वजारमा समेत प्रदर्शन गरिएको छ ।

वन्दकर्ताहरुले घटनामा सग्लन भएकाहरुलाई कारवाही र शान्ति सुरक्षाको उचित व्यवस्थापनको माग गर्दै प्रदर्शन गरेका हुन ।

मेयरमाथि सांघातिक आक्रमण भएपछि घोडाघोडी नगरपाकिला क्षेत्रका वासिन्दा पनि त्रसित भएका छन ।

आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles