28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बैतडीमा वयस्क चितुवा मृत फेला

बैतडी,२९ फागुन-
चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा आज एक मृत अवस्थामा वयस्क चितुवा फेला परेको छ । मेलौली नगरपालिका २ नानीगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चितुवा सडेको अवस्थामा रहेकोले दुई तिन दिन अगाडी नै मरेको हुनसक्ने प्रहरीले जनाएको छ । खोलामा माछा मार्न गएका युवाहरुले मृत चितुवालाई देखेपछि आज बिहानै प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले वन कार्यालयको मान्छेलाई खवर गरेको र शव परिक्षणपश्चात मात्रै चितुवा कसरी मरेको भन्ने थाहा हुने बताईएको छ ।

चितुवा मृत भट्टिएको बारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । मेलौली नगरपालिकाका बिभिन्न ठाउमा चितुवाले आक्रमण गरि धेरैको ज्यान लिइसकेको छ भने त्यसै मध्येको चितुवा मरेको हुनसक्ने अनुमान गरिएको छ । चितुवाले वि स २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ ।

प्रसासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकि फर्किने गरेको छ । यही फागुन १४ गते राती मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ बर्षिय बालक गणेश बहादुर चन्दलाई आफ्नै घरकै भुइँतले भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर भाईते बनाएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles