बोक्सीको आरोपमा कुटपिट काण्डः हिजो दिनभर के-के भयो त?

द्वारा : सुदुर न्युज
राधिका चौधरी

बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाको हिजो विहानदेखि विभिन्न गतिविधि भएका छन । घटनामा संग्लनहरु प्क्राउ परेका छन भने विभिन्न दल र संघ सस्थाले विरोध जनाएका छन ।

हिजो दिन भएका घटनाहरु

उपचार खर्च सरकारले व्यहोर्ने

बोक्सीको आरोपमा कुटपिट गरिएकी कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरीको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट हिजो जारी विज्ञप्तिमा ‘हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ– ‘कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।’

चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।

मेयरमाथि एमालेको छानविन

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारवाही प्रक्रिया अघि बढाएको छ । ‘बोक्सीकाण्ड’ मा मुछिएपछि एमालेले उहाँमाथि कारवाही प्रक्रिया अगाडी वढाएको हो ।

गत विहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि एमालेले चौधरीसँग स्पष्टीकरण लिएको छ । मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्ष समेत हुन । पार्टीले त्यो घटनाको छानविनका लागि जिल्ला सचिवालय सदस्य विमल कुमार जोशीको संयोजकत्वमा छाया थापा र केवालाल चौधरी सदस्य रहेको छानविन समिति गठन गरेको एमाले जिल्ला सचिव रण बहादुर रावलले जानकारी दिए ।

किस्मती र स्मारिका चौधरी पनि पक्राउ

यता राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने किस्मती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । देउकलीकै स्थानीय बासिन्दा २० वर्षीया किस्मति चौधरीले आफू पार्वती भएको भन्दै राधामाथि निर्घात कुटपिट गरेकी थिइन् । रामबहादुर यसअघि नै पक्राउ परे पनि उनलाई हिजो मात्रै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ । पक्राउ परेकी किस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । पक्राउ परेका दुबै रामबहादुर चौधरी र किस्मती चौधरीलाई हिजो जिल्ला अदालतबाट म्याद थप गराई थप अनसुन्धान गरिने बोहोराले बताए । घटनामा संलग्न सुखडकी स्मारिका चौधरी पनि पक्राउ परेकी छिन ।

यता कुटपिटबाट अशक्त बनेकी राधा चौधरीलाई डिस्चार्ज गरिउको छ । उहाँलाई ओरेक नेपालको आवास गृहमा राखिएको छ । त्यहाँ केही दिन राधालाई राखेर परामर्श दिईने भएको छ ।

दल र संघ संस्थाको निन्दा

कैलालीको घोडाघोडी नगरपालिकाकी राधा चौधरी माथी बोक्सीको आरोपमा भएको निर्घात कुटपिटको घटनाप्रति विभिन्न राजनितिक दल एवं संघ संस्थाले घोर भन्र्सना एवंम् निन्दा गरेका छन । संचार माध्यमहरुमा विज्ञप्ती पठाउदै उनीहरुले घटनाको निन्दा गर्दै दोषी माथि कडा कारवाहीको माग पनि गरेका छन ।

विवेकशिल साझा पार्टी प्रदेश नम्बर ७ ले विज्ञप्ती निकाल्दै घटनाको निन्दा गरेको छ । पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमालद्धारा हस्ताक्षरित विज्ञप्तीमा अत्यन्त लज्जाजनक घटनाका सबै दोषीलाई कारवाही गर्नुका साथै घटनालाई ढाकछोप गर्न खोज्ने जनप्रतिनिधिहरुलाई पनि छानविनको दायरामा ल्याउन माग गरिएको छ ।
नेकपा माओवादी केन्द्रले पनि विज्ञप्ती निकाल्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रदेश नम्बर ७ का संयोजक लेखराज भट्ट र सह संयोजक लक्ष्मीराज जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा पनि दोषीलाई कडा कारवाहीको माग गरिएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष लक्षीराम आचार्यले जारी गरेको विज्ञप्तीमा पनि घटनाको मुख्य नायिके रामबहादुर चौधरी तथा पार्वती चौधरीलाई सामान्य सावर्जनिक मुद्दा मात्र नभई मानवता विरोधी अपराध मुद्दा लगाई हदैसम्मको कानूनी कारवाही हुनुपर्नेमा जोड दिईएको छ । यस्तै मुक्त कम्लहरी विकास मञ्च जिल्ला कार्य समिति कैलालीले पनि विज्ञप्ती निकाल्दै घटनाको घोर निन्दा गरेको छ ।

यस्तै दलित महिला अधिकार मञ्च, थर्ड एलायन्स, आरडिएन, ग्राम विकास तथा अनुसन्धान केन्द्र, मर्सिकोर नेपाल, याक नेपाल, महिला मानव अधिकार रक्षक नेपाल, एडजस नेपाल, पत्रकार महिला र अन्तरपार्टी महिला सञ्जालले पनि संयुक्त विज्ञप्ती प्रकाशित गर्दै दोषि माथि कडा कारवाहीको माग गरेको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com