39.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

राधालाई कुट्ने भोलेबाबा कि पार्वतीमाता, किस्मती चौधरी पनि पक्राउ

धनगढी, फागुन २७

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने मध्येकी एक किस्मिता चौधरी पक्राउ परेकी छिन । जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई आज विहान उनकै घरवाट पक्राउ गरेको हो ।

उनले भोलेबाबा भनिने रामबहादुर चौधरीसँग मिलेर राधालाई कुटपिट गरेकी थिईन् । रामबहादुर शुक्रबार नै पक्राउ परिसकेका छन् । उनीहरुलाई साथ दिने अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भोलेबाबाकी सहायिका दाबी गर्ने किस्मिता आफूलाई ‘पार्वतीमाता’ बताउँथिन । सुरुमा राधामाथि किस्मिताले नै कुटपिट गरेकी थिइन् उनले नै राधालाई घरवाट हात समातेर ल्याएकी थिईन् ।

गत बिहीबार ’बोक्सी’ भगाउन भन्दै ६ घन्टासम्म राधामाथि कुटपिट भएको थियो । राधाको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles