32.3 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

चटपटे र वदाम वेच्ने रामवहादुर कसरी बने भोले बाबा ?

धनगढी

कैलालीको घोडाघोडी नगरपालिका–५ मा स्वघोषित भोले बाबाले स्थानीय किशोरीलाई महिला दिवसकै दिन निर्घात कुटपिट गरेका छन । २१ वर्षीया राधाको धनगढीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ भने रामवहादुर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएका छन ।

राधालाई कुटपिट गर्ने किस्मती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको चौतर्फी विरोध र कारवाहीको माग भईरहेका वेला चटपटे र वदाम वेच्ने रामवहादुर चौधरी कसरी भोले बाबा वने भन्ने पनि चासो वढेको छ ।

रामवहादुर चौधरी उर्फ भोले बाबा को हुन ?

उमेरले २३ वर्ष मात्रै भएका रामवहादुर चौधरी गएको माघ महिनादेखि भोले बाबा वनेका हुन । आफुलाई सपनामा भगवानले दर्शन दिएको हल्ला र प्रचार गर्दै उनले आफुलाई स्वघोषित भोले बाबा वनाए । भगवानको आर्शिवाद रहेकोे भन्दै उनले विरामीको उपचार गर्दै आएका थिए ।

तर महिला दिवसकै दिन राधामाथि गरिएको कुटपिटले उनलाई प्रहरीको खोर सम्म पुगायो । भरखरै आफुलाई भोले बाबाको पदमी दिएर थारु समुदायलाई आफ्ना भक्त वनाएका रामवहादुर त्यो भन्दा अगाडी चटपटे र वदाम वेच्ने गरेका थिए । भारतवाट सामान ल्याउने र त्यसलाई वेचेर गुजारा गर्दै आएका थिए । चपपटे र वदाम वेच्ने कसरी भोले बाबा भए ? यसको पनि कारण खोज्न जरुरी छ ।

के के गर्थे भोले बाबाले ?

आफु भोले बाबा भएको वताउने रामवहादुरले आफ्नै घरमा आफुलाई भगवानको शक्ती आएको भन्दै थारु समुदायमा आफ्नो प्रभाव जमाउदै आएका थिए । भगवानका पोष्टर, नक्कली सर्प सहितका सामाग्री राख्ने स्थान वनाएर वरिपरि गोबरले पोतेको स्थानमा जो कोहीलाई सहजै जान निषेध थियो । जो विरामी भएका छन उनीहरुलाई पुजाआजाको समयमा मात्रै जाने दिने गरिएको थियो ।

उनले एक अर्कामा वोक्सी लागेको भन्दै निर्धात कुटपिट गर्थे भने आफ्ना महिला सहयोगीको भरमा कुट्न लाउँथे । उनले एक अर्काको आत्मा साटिएको भन्दै वेस्सरी कुटपिट गर्थे । त्यसपछि उनले चामल खान दिन्थे । यसो गरेर जुनसुकै प्रकारका रोगहरु र समस्याहरु निको पारेको दावी गर्दै आफुलाई भगवानको शक्ती आएको भन्दै प्रभाव जमाउँदै आएका थिए ।

उपचार गर्न आउनेको ओईरो

उनले तन्त्रमन्त्र र झारफुकको सहारामा वोक्सी लागेको र अस्पतालहरुले निको पार्न नसकेका रोगहरु पनि निको पारेको प्रचार हुन थालेपछि त्यहाँ उपचार गर्नेहरुको ओईरो लागिरहेको छ । कैलाली र कञ्चनपुरका विभिन्न स्थानका थारु समुदायहरु उपचारका लागि पुग्ने गरेका थिए ।

रामवहादुरलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको अवस्थामा शनिवार दिउँसो उनको घरमा पुग्दा पनि चार पाँच विरामीहरु उपचारका लागि घरमा मानिसहरु वसिरहेका थिए ।

कुटपिट गर्दा किन रमिते वने स्थानीय ?

राधा चौधरीलाई कुटपिट गरिरहेको भिडियो पनि भाईरल वनेको छ । त्यो भिडियोमा चारैतिर स्थानीय वासिन्दाहरु मौन भएर वसेका छन । उनीहरु किन मौन वसेका हुन भनेर सोध्दा उनीहरुको जवाफ थियो– हामीले भनेको कुरा त परै जाओस् भोले बाबाले भनेको कुरा पनि सुन्दैनन् ।

राधालाई कुटपिट हुँदा किन नपिट्नु भनेर नरोकेको प्रश्नमा उनीहरुको जवाफ थियो– एक अर्कामा आएको आत्मा आएको भगाउँदा कसैले सुन्दैनन् । यो संवाददाता त्यहाँ पुग्दा पनि वरपरका स्थानीयहरु एकै पटक केही नभन्दा पनि आफै जम्मा भएका थिए । उनीहरुलाई त्यहाँ भईरहेको गतिविधि सही लागिरहेको थियो ।

बोक्सी किशोरी र महिलालाई मात्रै आरोप लगाए किन कुटिन्छ ?

स्वघोषित भोले बाबाले बोक्सीको आरोपमा अधिकांश किशोरी र महिलाहरुलाई मात्रै कुटपिट गर्ने गरेका थिए । उनलाई नमान्ने महिला र किशोरीलाई बोक्सीको आरोप लगाएर आफु सहित आफुलाई मान्नेलाई लगाएर कुट्न लगाउने । किशोरी र महिलाहरुलाई यौन दुव्र्यवहार समेत गरिने गरिएको थियो ।

आखीर समस्याका कारणहरु के के हुन ?

कैलालीको घोडाघोडी नगरपालिका–५ देवकलिया पुर्व पश्चिम राजमार्गभन्दा दक्षिणतिर रहेको छ । त्यस आसपासका राम्रो स्वास्थ्य सेवा नभएको पाईएको छ । अधिकांश स्थानीयलाई मानसिक समस्या देखिन्छ । त्यसका लागि पहल गर्नुपर्ने देखिन्छ । अन्धविश्वासका कारण उनीहरु गलत कुराहरुलाई पनि सहिरहेका छन । यसलाई हटाउनु पर्ने देखिएको छ ।

यो घटनालाई नजिकरको रुपमा लिएर यसका भित्रि कारण र कारण तत्वहरुको खोजी गर्दै समस्या समाधानका लागि सरोकारवाला निकायहरुले गम्भीरता पुर्वक लाग्नुपर्ने देखिएको छ । त्यहाँ अनुगमनमा गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पनि यस्तै अवस्था देखेको जनाएको छ ।

श्रोत – दिनेश खबर

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles