26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

गाउँमा बैंक स्थापनासंगै बैंकिङ्ग कारोबारलाई सजिलो

बैतडी,२७ फागुन-
बैतडीको ग्रामिण क्षेत्रमा विभिन्न बैंकका शाखा स्थापनासंगै स्थानिय तहवाटै बैंकिङ्ग कारोबार गर्न सजिलो भएको छ । सुर्नया गाउँपालिकाको वडा नं २ सतबाँझमा नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखा स्थापना भएसंगै बैंकिङ्ग कारोवार गर्न सजिलो भएको त्यहाका नागरिकले बताएका छन् ।

सदरमुकाम धाउनुपर्ने बाध्यता हट्दै जानुका साथै गाउमै बैंकिङ्ग कारोवार गर्न सजिलो भएको गाउँपालिका अध्यक्ष वीर वहादुर विष्टले जानकारी दिनुभयो । सुर्नया गाउँपालिकामा बैंक स्थापना भएसंगै बैंकिङ्ग कारोवार गर्न सजिलो हुनुका साथै ग्रामिण अर्थतन्त्रमा पनि सुधार हुने उहाँले बताउनुभयो ।

नेपाल ईन्भेष्टमेण्ट बैंकको सतबाँझमा यही फागुन १५ गते शाखा स्थापना भएको हो । शाखा स्थापना भएपश्चात हालसम्म ८० जनाले बैंकमा खाता खोलेको बैंकका शाखा प्रबन्धक गोविन्द वहादुर विष्टले जानकारी दिनुभयो । जसमध्ये १५ महिला र ६५ पुरुष रहेका छन् । सतबाँझमा रहेको नेपाल ईन्भेष्टमेण्ट बैंकले बैंकिङ्गसम्बन्धी सम्पुर्ण कारोवार गरिरहेको जनाएको छ । बैंकले अन्य बैंकका चेक जम्मा गर्नेे पनि शाखा प्रबन्धक विष्टले बताउनुभयो । यसका साथै बैंकले रेमिट्यान्स सेवा समेत दिईरहेको छ ।

जुनसुकै देशवाट पठाएको पैसा विभिन्न रेमिटमार्फ सजिलै पाउन सकिने बैंकले जनाएको छ । बैतडीको सतबाँझसहित दिपायल, मंगलशेन र धनगढी गरी प्रदेश नम्बर ७ मा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका ४ वटा शाखा रहेका छन । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका , मेलौली नगरपालिका बाहेक बैतडीका अन्य ४ स्थानिय तहमा बैंकिङ्ग सुविधा रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles