41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

कैलालीको गोदावरी बाट ७ किलो लागु औषध चरेशसहित एकजना पक्राउ

अत्तरीया फागुन २६

७ किलो लागु औषध चरेशसहित कैलालीको गोदावरीपालिकाबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । ७ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह ९आरआइटी० बाट खटिएको टोलीले गोदावरी नगरपालिकाको अत्तरीबाट शनिवार विहान जयपृथ्बी नगरपालिका–८, बझाङका पदमबहादुर बोहोरालाई नियन्त्रणमा लिएको हो ।

आरआइटीका प्रमुख केशब जोशीका अनुसार बसपार्क नजिकैको होटेलबाट पक्राउ परेका बोहोराको साथबाट ७ केजी चरेस बरामद गरिएको छ । पक्राउ परेका बोहोरालाई प्रहरी कार्यालय, मालाखेतीमा राखिएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles