27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

मोहनापुल–अत्तरिया सडक आयोजना र प्राधिकरणबीच विद्युतका पोल सार्ने सहमति

धनगढी फागुन २६

लामो रस्साकस्सीपछि मोहना छ लेन सडकमा पर्ने विद्युतको लाईन सार्ने विषयमा प्राधीकरण र आयोजना कार्यालयबिच सहमति भएको छ । ६ लेन सडक अन्तरगत टुटेफुटेको स्थानमा नयाँ र अन्य स्थानमा पुरानै पोल प्रयोगमा ल्याउने गरी सहमती भएको मोहनापुल–अत्तरीया सडक योजना कार्यालय धनगढीले जनाएको छ । यसअघि विद्युत प्राधीकरण र मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजना कार्यालयले लाईन सार्ने विषयमा आ–आफ्नै अडान राखेपछि लाईन सार्ने विषय ओझेलमा परेको थियो ।

विद्युत प्राधीकरणले विद्युतको लाईन सार्दा स्तरबृद्धी सहित सार्नुपर्ने भन्दै ५ करोडको लागत स्टमेट तयार पारेको थियो भने मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजना कार्यालयले ५ करोड बराबरको बजेट नभएकाले पुरानै पोलहरु प्रयोग गर्नुपर्ने बताउदै आएको थियो । दुवै निकाय विच सुरुको एक किलोमिटरका लागि पोल किन्ने र त्यसपछि पुरानै पोल प्रयोगमा ल्याउने सहमती भएको सडक आयोजना प्रमुख मनिष कुमार शाहले बताए ।

सुरुमा एक किलोमिटर क्षेत्रमा नयाँ पोल गाडिसकेपछि मात्रै अन्य क्षेत्रको पोलहरु स्तानान्तरण गरीने आयोजना प्रमुख शाहले बताउनुभयो । पुरानो पोलहरु टुटेफुटेको भेटिएमा भने सो स्थानमा नयाँ पोल स्तानान्तरण गरीने विद्युत प्राधिकरण धनगढीका प्रमुख धिरेन्द्र कुमार यादवले बताए ।

मोहनापुल–अत्तरीया सडक आयोजनासँग विद्युत र खानेपानीको लाईन स्तानान्तरण गर्न र निर्माण अवधीमा विभीन्न किसीमका मर्मत गर्नका लागी तिन वटा ठेक्कामा २/२ करोड बजेट उपलव्ध रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles