41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

अछाममा माटोको ढिस्कोमा पुरिएर एक वालकको मृत्यु, तीन घाईते

अछाम,

अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ वलातामा एक बालकको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ । ढकारी–४ भिरमुण टोलका काला थापाका छोरा १४ बर्षिय राजेश थापाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको हो ।

उनीसंगै माटोको लागि संगै गएका नारायण थापा, लक्ष्मण थापा र भरत थापा घाईते भएका छन । नारायण र लक्ष्मणको हात खुट्टा समेत भाँचिएर गम्भीर घाईते भएका र भरत समान्य घाईते अवस्थामा रहेका वडा अध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए ।

गाउवाट करिव ४ घण्टा टाढा भिरमुण खोलामा सेतो माटो ल्याउन उनीहरु त्यहा गएका थिए । घाईतेकोे वलाता स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको जिल्ला स्वास्थ्य कार्यालय अछामका रिफर गरिएको छ ।

ज्यान गुमाएका राजेश मनकामना मावि बलातामा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्याक राम बहादुर साउदले बताए । घटनाको वारे आवश्यक अनुसन्धानको कार्य अघि बढेका ेजिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles