35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

बैतडीमा जिप दुर्घटना एकको मृत्यु, छ घाईते

बैतडी,२१ फागुन-
गोकुलेश्वर –गन्ना सडकखण्ड अन्तर्गत बैतडीको डिलाशैनीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला मार्मा ३ का ३६ बर्षिय कृष्ण सिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा ६ जना घाईते भएका छन् । गम्भिर घाईते १ जनाको परिचय खुल्न सकेको छैन । अन्य घाईते हुनेहरुमा दार्चुला मार्मा ६ का अकवर महरा, गोमती महरा, गिता महरा , भारतीय नागरिक मेरमान सिंह र सुर्वण सिंह रहेका छन् ।

घाईतेको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । दार्चुलाको लटिनाथबाट गोकुलेश्वरका लागी छुटेको म १ ज २३३ नम्बर जीप बैतडीको डिलासैनी गाउँपालिका ३ झर्नामा आज बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो ।

जिप दुर्घटनाको कारण अझै खुल्न सकेको छैन् । चालक दिपक विष्ट फरार रहेका छन् । जिप सडकवाट ५०० मिटर तल चमेलिया नदीमा खसेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles