36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन गरिँदै

कञ्चनपुर ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन कार्य शुरु भएको छ । स्वचालित क्यामराबाट तस्वीर संकलन कार्य शुरु गरिएको हो । कम्प्यूटरमा रहेको सफ्टवेयरको सहायताले बाघका संकलित तस्वीर हेरेर विश्लेषण गर्ने कार्य शुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताउनुभयो ।

डडेल्धुराको जोगबुढा र चुरे क्षेत्रमा समेत स्वचालित क्यामरामा बाघ देखापरेको उहाँले बताउनुभयो । बाघको संख्या कति छ भन्नेबारे तस्वीर विश्लेषणपश्चात्मात्रै थाहा हुने घिमिरेको भनाइ छ । विगतका वर्षहरुको तुलनामा बाघको संख्या बढेको उहाँले बताउनुभयो ।

शुक्लाफाँटामा गत माघ २० गतेदेखि क्यामरा ट्र्या्पिङको सहायताले बाघ गणना शुरु गरिएको थियो ।

बाघ गणनाका लागि चारवटा हात्तीसहित ९० जना प्राविधिकको टोली परिचालन गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चार, जिल्ला वन कार्यालयमा चार, जोगबुढा क्षेत्रमा तीन समूह गरी कूल ११ समूहले एकैसाथ बाघको गणना गरेको घिमिरेले बताउनुभयो ।

स्वचालित ६० जोर क्यामरा, सन्टो कम्पास, रेञ्ज, फाइण्डर र जिपिएस उपकरणको प्रयोग गरी बाघ गणना गरिएको थियो । कूल पाँच हजार ५०० किलोमिटर क्षेत्रभित्र बाघ गणना गरिएको थियो । डडेल्धुराको जोगबुढा क्षेत्रमा निकुञ्जले पहिलो पटक बाघ गणना गरेको हो ।

-रासस

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles