27.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बैतडीमा चितुवाले बालकमाथि आक्रमण गर्यो

बैतडी,१६ फागुन-
बैतडीमा सोमवार राती नरभक्षी चितुवाले एक बालकलाई आक्रमण गरेको छ । आक्रमणमा परी मेलौली नगरपालिका–९ रोकटाका मान बहादुर चन्दका डेढ बर्षिय छोरा गणेश बहादुर चन्द गम्भीर घाईते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जनाकारी दिनुभयो ।
घरकै भुइँतले भान्छा कोठामा रहेका बालकमाथि चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणले चन्दको आँखा, टाउको र गालामा गहिरो घाँउ रहेको छ । घाइते बालकलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ । बिगत ६ बर्षदेखि चितुवाले आक्रमण गरी त्यस क्षेत्रका २३ जनाको ज्यान लिईसकेको छ । केही समय चितुवा मानिसलाई आक्रमण नगरेको भएपनि फेरी आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका बिरेन्द्र महताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“हामी जहिले पनि त्रासमै छौ, स्थानिय प्रसासन मौन छ” ।

चितुवा नियन्त्रणका लागि पटक–पटक प्रहरी परिचालन गरिएता पनि सफलता भने हात नलागेको प्रशासनले जनाएको छ । बेला–बेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षक टोली खटिए पनि चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो । त्यस क्षेत्रमा चितुवाले बालबलिका र महिलालाई बढी आक्रमण गर्ने गरेको छ । यसअघि गत भदौमा पनि एक महिलालाई चितुवाले आक्रमण गरि घाईते बनाएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles