29 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

मोष्ट वान्टेड रेशम चौधरीद्धारा कैलाली अदालतमा आत्मसमपर्ण, पुर्पक्षका लागी थुनामा

धनगढी ।

टिकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोपमा प्रहरीको मोष्ट वान्टेड सुचीमा रहेका रेशम चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका छन्।

चौधरी यहि १४ गते मात्रै कैलाली जिल्ला अदालतमा उपस्थीत भएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए। मंसिर २१ गते भएको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिनिधि सभामा अत्यधिक बहुमतले चुनाव जितेका थिए। संघीय संसदको अधिवेशन आउन साता दिन बाँकी रहँदा रेशमले आत्म समर्पण गरेका हुन्।

२०७२ साल भदौ ७ गते टिकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्कीदा एक नावालक र प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जनाको ज्यान गएको थियो । सो घटनाका मुख्य योजनाकार रेशम रहेको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो। घटना घटेकै दिनदेखी फरार रहेका रेशमले भने आफुलाई लागेको आरोप निराधार रहेको बताउदै आएका थिए।

टिकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरी पुर्पक्षका लागी थुनामा राख्न अदालतले आदेश दिएको छ ।

कैलाली क्षेत्र नम्वर १ बाट निर्वाचीत सांसद समेत रहनुभएका चौधरीलाई न्यायधिस पर्शुराम भट्टराईको ईजलासले पुरपक्षका लागी थुनामा राख्न आदेश दिएको हो । १६ गतेका लागी अर्को पेशी तोकीएको छ ।

जिल्ला अदालत कैलालीमा विहान ११ बजे उपस्थीत भएका चौधरीको लामो समय सम्म बयान चलेपछि बादी र प्रतिवादीका अधिवक्ता विच बहष भएको थियो।

चौधरीको तर्फबाट अधिवक्ताहरु मिलनकुमार राई, गंगाराम पाध्याय र गजेन्द्र केसीले बहष गर्नुभएको थियो भने सरकारको तर्फबाट जिल्ला न्याधिवक्ता प्रकाश वहादुर भण्डारी सहितका अधिवक्ताहरुले बहस गरेका थिए । चौधरी राष्ट्रीय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

सम्बन्धित : प्रदेश ७ को पहिलो बैठकमा उठ्यो मोष्ट वान्टेड रेशमलाई प्रमाणपत्र दिन माग

तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् । २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपी सहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो ।

चौधरी सहित ५६ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाक चोरी मुद्धा लगाईएको छ । २५ जना जिल्ला कारागार कैलालीमा छन् भने अन्य सबै फरार सुचिमा रहेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles