22.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

कैलालीमा पर्यावरण जोगाउन साईकल चलाउ अभियान

धनगढी माघ ०६ गते ।
पर्यावरण जोगाउन धनगढीमा साईकल चलाउ अभियान सुरु भएको छ । सवारी साधनहरुको चाप वढेसँगै मानिसहरुको दैनिकी पनि परिवर्तन भएपछि वातावरण र मानव स्वास्थ्यलाई फाईदा पुग्ने साईकल चलाउ अभियानको थालनी गरिएको हो । लेट्स क्लिन धनगढी नामक संस्थाले प्रदेश नम्वर ७ को राजधानी धनगढी प्रदुशित बन्दै गएकाले पर्यावरण जोगाउन र पर्यटन प्रवद्र्धनका लागि साईकल चलाउ अभियान सुरु गरेको हो ।


मानिसहरुको जीवन शैली परिवर्तन भएपछि स्वास्थ्यमा आउने विभिन्न समस्याहरु साईकल चलाएर हटाउन सकिने भएपछि प्रत्येक महिनाको ५ र २५ गते साईकल दिवसको रुपमा मनाएर साईकल चलाउ अभियान सञ्चालन गरिएको लेट्स क्लिन धनगढीका अध्यक्ष माधव ओझाले बताउनुभयो ।
साईकल चलाएर विभिन्न पर्यटीय क्षेत्रहरुमा गएर तिनिहरुको प्रचार प्रसार गर्ने कामको पनि थालनी भएको छ । साईकल चलाएर पर्यटकीय क्षेत्रमा पुराउने अपेक्षा सहित अभियान चालेको अभियानकर्ताहरु दिपेन्द्र पन्तले बताउनुभयो । साईकल चलाएमा अन्य कुनै पनि प्रकारका व्यायामहरु गर्नु पर्दैन । त्यसले वातावरणलाई पनि कुनै असर गदैन ।


अव यसको फाईदाका वारेमा सवैलाई सचेत पार्न जरुरी रहेको छ । त्यसैले अव साईकल चलाउ अभियानमा विद्यालयका वालवालिकादेखि उनीहरुका अभियावकहरुलाई पनि सहभागी गराएर वातावरण सफा वनाउन र पर्यटन प्रवद्र्धन गर्नुपर्ने अभियानको सुरुवात गर्नुभएका सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा विवेकसिल साझा पार्टीका प्रदेश नम्वर ७ का संयोजक गोपाल हमालले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles