कञ्चनपुरमा ८० जनामा हात्तीपाइले

द्वारा : सुदुर न्युज

कञ्चनपुर — कञ्चनपुरमा ८० जनाभन्दा बढी हात्तीपाइलेका बिरामी देखिएका छन्

जिल्लामा हात्तीपाइले रोग निवारण अभियान सुरु भएपछि बिरामीको संख्या घट्दै गए पनि अझै ठूलो संख्यामा बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ‘निको हुन बाँकी रहेका बिरामीलाई रोग लागेको लामो समय भइसकेकाले अब निको हुने सम्भावना छैन,’ जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले भने, ‘अधिकांशका खुट्टा सुन्निएका छन्, यस्तो अवस्थामा पुगेपछि निको हुने सम्भावना हुँदैन ।’
जनस्वास्थ्य कार्यालयले २०६९ देखि नियमित रूपमा हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउँदै आएको छ । हरेक वर्ष अभियानकै रूपमा गाउँगाउँमा पुगेर स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूले हात्तीपाइलेविरुद्धको औषधि वितरण गर्दै आएका छन् । अधिकृत जोशीका अनुसार अभियान सुरु भएको पहिलो वर्ष ४ सय १० बिरामी भेटिएका थिए । अहिले उक्त संख्या घटेर ८० को हाराहारीमा पुगेको छ ।
यस वर्ष पनि फागुन १२ देखि १४ सम्म अभियान सुरु गरिने जनस्वास्थ्यले जनाएको छ । ‘यस वर्ष ४ लाख ३५ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएको छ,’ अधिकृत जोशीले सोमबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा भने, ‘जिल्लाभरि २१ सय स्वयंसेविका परिचालन गरिनेछ ।’ यसका लागि आवश्यक तयारी चलिरहेको उनले बताए । कञ्चनपुरमा ७ नगरपालिका र २ गाउँपालिका गरी ९ वटै स्थानीय तहमा एकैसाथ औषधि वितरण गरिनेछ ।
विगतको अभियानमा हात्तीपाइले विरुद्धको औषधि नगरपालिका र त्यसमा पनि बजार क्षेत्रका बासिन्दाले नै सेवन नगरेको पाइएको छ । जिल्लाभरिमा ७० प्रतिशतले औषधि सेवन गरे पनि बजार क्षेत्रमा उक्त संख्या ६० प्रतिशत मात्रै रहेको पाइन्छ । ‘पढेलेखेका र स्वास्थ्यसम्बन्धी जाने/सुनेकाले औषधि सेवन नगरेको पाइयो,’ जोशीले भने ।
यस वर्ष प्रदेश ७ का ९ वटै जिल्लामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत औषधि वितरण गरिनेछ । हात्तीपाइलेविरुद्धको औषधि गर्भवती महिला, २ वर्षमुनिका बालबालिका र दीर्घरोगीबाहेक सबैले सेवन गर्न सक्छन् । ६ वर्ष नियमित अभियान सञ्चालन गरिएपछि औषधिको प्रभावकारितार बिरामी घटे/नघटेको सर्भेक्षण गरेर थप कार्यक्रम अघि बढाइने जोशीले बताए ।
कञ्चनपुरमा यस वर्ष लगातार छैठौ पटक औषधी वितरण गरिन लागेको हो । हात्तीपाइलेको संक्रमण भएको व्यक्तिमा औषधि सेवनपछि रिंगटा लाग्ने, बान्ता हुने तथा वाकवाकी लाग्ने लगायतका लक्षण देखिए पनि यसले कुनै प्रभाव नपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
‘हात्तीपाइलेको संक्रमण भएको व्यक्तिमा औषधि सेवनपछि प्रतिक्रिया देखाउँछ,’ जोशी भन्छन्।
अछाममा हात्तीपाइले संक्रमित भेटिएनन्। अछाममा हात्तीपाइलेविरुद्धको औषधि वितरण अभियान सुरु हुनुपूर्व कुल जनसंख्याको १ प्रतिशतभन्दा बढी हात्तीपाइलेका बिरामी रहेको अवस्था थियो ।

। जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएको हात्तीपाइले रोग निवारण अभियानका क्रममा यस्ता बिरामी भेटिएका हुन्

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com