चट्याङ लागेर २२ जना सैनिक घाइते

द्वारा : सुदुर न्युज

बैतडी, ४ फागुन – चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिनुभयो ।

बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका छन् । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com