30.7 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

अज्ञात समुहद्धारा बझाङमा रहेको एनसिएलको टावरमा सकेट बम विष्फोट

फागुन २ गते ।

देशैभरी विप्लव माओवादीले एनसेलका टावरहरुमा विष्फोट गराईरहेका बेला बझाङको जयपृथ्वी नगरपालीका वडा नम्बर ८ ग्वानीमा रेहेको एनसेलको टावरमा पनि सकेट बम विष्फोट गराएको छ । मंगलबार अज्ञात समुहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बम विष्फोटबाट टावरमा राखिएका चार थान सोलारका पाता र ३ वटा ब्याट्रीमा क्षती पुगेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक राम सिहँ बोहराले जानकारी दिनुभयो । घटना स्थल तर्फ विमानस्थल सुरक्षा गार्डबाट प्रहरी नायव निरीक्षक रुप सिहँ थापाको नेतृत्वमा प्रहरीको टोली खटाईएको उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा हेर्दा सकेट बम विष्फोटन गराएको जस्तो बुझीनमा आएको बोहराले बताउनुभयो । घटना बारे थप अनुसन्धान भईरहेको र विष्फोटको जिम्मेवारी कसैले नलिएको प्रहरीले जनाएको छ । टावरमा क्षति पुगेपछि त्यस आसपासको एनसेल मोबाईल फोनले काम गर्न छोडेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles